सरकारी बैंकले ढिलासुस्ती गर्न नहुने


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

कैलाली, २५ कात्तिक (रासस) ः
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने सेवामा गति आउनुपर्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन समारोहमा उहाँले सरकारी बैंकले प्रदान गर्ने सेवामा ढिलासुस्ती र लापरवाही हुने गरेकाले यसलाई नियमन गर्न प्रदेश कार्यालयले कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । .

उहाँले भन्नुभयो, “सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनीकरणका लागि व्यवस्थापन टोली बलियो भएर लाग्नु जरुरी रहेको बताउनुभयो ।” उद्घाटन समारोहमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य बैंकले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको जानकारी दिनुभयो । उहाँले सङ्घीय ढाँचाअनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो ।

सरकारको पूर्ण स्वामित्व भएको वाणिज्य बैंकका २३८ वटा शाखा कार्यालयबाट आफ्ना सेवाहरु प्रवाह गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com