बेसहारा सडक मानवमुक्त नगर अभियान, अभावमा ज्यान गुमाउनु नपरोस्


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

सप्तरी, २५ कात्तिक (रासस) ः दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ ।

बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाको ट्राफिक चोकस्थित नमस्कार होटलको अगाडि विगत दुई वर्षदेखि मागेर जीवनयापन गरिरहेका नाम र ठेगाना खुल्न नसकेका एक मानिसलाई आइतबार उद्धार गरिएको छ । यी मानिस केही वर्षअघि तिनटोलियामा लगभग १० वर्ष वरपर मागेर जीवन बिताएको स्थानीय धनसुन्दर प्रधानले बताउनुभयो ।

बेसहारा ती मानिसलाई उद्धार गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई अगामी मङ्सिर महिनाभित्रमा बेसहारा सडक मानवमुक्त बनाउने घोषणा गर्नुभयो । उहाँले बेसहारालाई उद्धार गरेर नयाँ जीवन दिन पाउँदा निकै खुशी लागेको र जीवनमा योभन्दा पुण्यको अरु काम हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले आइतबार विराटनगरस्थित ग्लोबल बैंकको अगाडिबाट एक मानसिक रोगी बेसहारा महिलालाई उद्धार गरेर आश्रमलाई जिम्मा लगाउनुभयो । उद्धारमा प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सञ्चारकर्मी र आश्रमका टोली संलग्न थिए ।

आश्रमले प्रदेशभरिमा यो अभियान लागू गर्ने र कुनै पनि बेसहारा मानिसले उचित रेखदेख, खाना, बास र स्वास्थ्यको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने अभियान थालेको अध्यक्ष अधिकारीको भनाइ छ ।
केही वर्ष पहिले धनकुटामा ओभरसियर पढ्दै गरेकी एक युवतीको मानसिक सन्तुलन बिग्रिन गएपछि पढाइ छाडेको अवस्थामा उहाँ माथि सामूहिक बलात्कार पछि गर्भ बोकेर अहिले नानीसहित आश्रममा रहेको बताइएको छ ।
सो आश्रममा १०० जना मानिसलाई व्यवस्थापन गर्न सकिने र यसभन्दा बढी भएमा महानगरपालिकाले जग्गा खोजेर एक व्यवस्थित भवन बनाइदिने आश्वासन प्राप्त भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com