गाँजा सेवनका कारण चर्चित गायक निल योंगको अमेरिकी नागरिकता ढिलाई


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

गाँजा सेवनका कारण चर्चित गायक निल योंगको अमेरिकी नागरिकतामा ढिलाई भएको खुलासा भएको छ । आफूले सन् २०२० को राष्ट्रपतिको चुनावमा मतदान गर्ने अपेक्षा गरेपनि गाँजाका कारण अमेरिकी नागरिकतामा ढिलाई भएको उनी आफैले खुलासा गरेका छन् ।

अमेरिकामा नागरिकता प्राप्त गर्नका लागि राम्रो नैतिक चरित्र प्रदर्शन गर्न आवश्यक छ । उनले आफूले हालै अमेरिकी नागरिकताका लागि टेस्ट दिएको, टेस्टका क्रममा आफूलाई विभिन्न प्रश्नहरु सोधिएको र आफूले उक्त टेस्ट पास गरेको बताएका छन् । तर टेस्ट पास गरेपछि पनि हालै उनलाई गाँजा सेवनबारे अर्को टेस्ट दिनुपर्ने जानकारी गराइएको छ ।

क्यानडामा जन्मिएका यी गायक आफ्नो उमेरको ६० को अन्त्यदेखि अमेरिकामा बस्दै आएका छन् । उनले आगामी मंगलबार अमेरिकी नागरिकताको सपथ लिने अपेक्षा गरेका थिए । उनी ७४ बर्षका भएका छन् । उनले आगामी निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिन चाहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालै अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले नयाँ नीति जारी गर्दै गाँजा सेवन लगायत यससँग सम्बन्धित गतिविधि गरेको पाइएमा अमेरिकी नागरिकता लिनमा रोक्न सकिने स्पष्ट पारेको थियो । अमेरिकी नागरिकता लिनका लागि चाहिने असल नैतिक चरित्रबारे स्पष्ट पार्दै गाँजाको सेवनको राज्यको कानुनमा अपराधका रुपमा नलिइएपनि अमेरिकी नागरिकता लिनका लागिभने सशर्त बारको रुपमा रहने युएससीआईएसले स्पष्ट पारेको थियो ।

सन् १९९६ देखि वासिंटन डिसी लगायतका कैयन राज्यहरुले गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने मेडिकल वा गैर गैरमेडिकल कृयाकलापलाई अपराधका रुपमा नलिने गरी कानुनको निर्माण गरेका छन् । तर अमेरिकाको संघीय कानुनले भने गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने कृयाकलापलाई गैरकानुनी ठहर गर्दै यस्तो गरेका कारण आप्रवासीले अपराध र अध्यागमन अवस्थाको सामना गर्नुपर्ने स्पष्ट पारेको छ ।

गाँजाबारेको गतिविधि राज्यको वा विदेशको कानुन अन्तरगत गैरकानुनी नठहरिएको अवस्थामा समेत त्यस्तो गतिविधि गरेको पाइएमा त्यस्ता आप्रवासीलाई असल नैतिक चरित्र नभएको ठहर गरेर अमेरिकी नागरिकता लिनमा रोक लगाउने युएसससीआईएसले जनाएको थियो । यद्यपी एकपटकमात्र ३० ग्राम वा त्यो भन्दा कम गाँजा सेवन, वितरण वा बोकेर हिडेको पाइएमा भने छुट दिन सकिने जनाइएको छ ।

गाँजा उद्योगमा काम गरेका कारण ग्रिनकार्डबाहकलाई नागरिकता प्रदान गर्नमा अस्वीकार गरिएको समाचार सार्वजनिक भए लगत्तै युएससीआईएसको नयाँ मेमो आएको थियो । युएससीआईएसले संघीय कानुन अनुशार काम गर्नुपर्ने भएकाले र संघीय कानुन अनुशार अमेरिकामा गाँजा अवैध भएकाले गाँजालाई असल नैतिक चरित्रको मापदण्डमा राखिएको युएससीआईएसका प्रवक्ताले जनाएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com