दाजुभाई दिदीबहिनीका लागि ग्रिनकार्ड फाइल गरेपछि १३ बर्ष अमेरिका जानै नपाइने ?


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

सामान्यतया कुनै व्यक्तिका लागि परिवारमा आधारित ग्रिनकार्ड आवेदन दिइएको छ भने उक्त व्यक्ति भिजिटर वा अन्य गैर आप्रवासी भिसामा अमेरिका जान खोज्दा भिसा अस्वीकार गरिदै आएको छ । ग्रिनकार्ड आवेदन अमेरिकामा स्थायी रुपमा बस्नका लागि फाइल गरिने र गैर आप्रवासीभिसा अमेरिकाबाट फर्कने आधार भएकालाईमात्र प्रदान गरिने भएकाले दुईप्रकारका आवेदनमा भएको विरोधाभासका कारण भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत गरिदै आएको छ ।

तर नेपालीहरुले दाजुभाई दिदीबहिनी श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका लागि झण्डै १३ बर्षको अवधि लाग्ने गरेको छ । के यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन गरेपछि १३ बर्षसम्म अमेरिका जान नै नपाइने हो त ? यसबारे काठमाडौंमा रहेको अमेरिकी दूतावासले भनेको छ – ‘यदि तपाईको ग्रिनकार्ड आवेदन पेन्डिङ अवस्थामा छ भने उक्त आवेदनका कारण अमेरिकाको भिजिटर भिसाका लागि स्वत अयोग्य भईदैन ।’

शुक्रबारको भिसा च्याटमा दूतावासले भनेको छ तर आप्रवासी भिसा आवेदनको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने आशय मानिन्छ । तर पर्यटक भिसाको एउटा प्रावधानमा तपाई अमेरिका घुमेपछि नेपाल फर्कने बलियो आधार र सम्बन्ध हुनुपर्छ ।

आप्रवासी भिसा आवेदन पेन्डिङ अवस्थामा रहेपनि वर्तमान समयमा आफू अमेरिकामा बस्ने वा बसाईसराई गर्ने योजना नरहेको कारण भिसा अन्तरवार्ताका समयमा व्याख्या गर्न सकेमा भने अमेरिकाको पर्यटक भिसा पाउन सकिने अमेरिकी दूतावासले जनाएको छ । यद्यपी आप्रवासी भिसा आवेदन पेन्डिङ अवस्थामा रहेको अवस्थामा भिजिटर लगायतका गैर आप्रवासी भिसा पाउने सम्भावना भने निकै न्यून रहदै आएको छ ।

यसरी आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि आवेदन

ट्रम्प कार्यकालमा ‘दाजुभाई दिदीबहिनी’ ग्रिनकार्ड पाउने नेपाली अहिलेसम्मकै बढी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com