दुई नेपाली महिलालाई खाडी पठाउन लैजाँदै गर्दा एक नेपाली महिला भारतीय प्रहरीको फन्दामा


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।

एसएसबी ४२ आँंै बाहिनीका अनुसार, शङ्का लागेर सोधपुछ गर्दा दुवै महिलाले राईले खाडीमुलुक लैजान लागेको बताएका थिए ।

कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६०० नेपाली रुपैयाँ, मोबाइल र नेपाली नागरिकता बरामद भएको एसएसबीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com