न्युयोर्कको लङ आइल्याण्डमा आइसको अपरेशन, २३ जना कागजपत्रविहिन नियन्त्रणमा


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

न्युयोर्कको लङ आइल्याण्डमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको अपरेशनमा २३ जना कागजपत्रविहिन पक्राउ परेका छन् । ६ दिन लामो अपरेशनका क्रममा उनीहरु पक्राउ परेको आइसले जनाएको छ ।

सेक्स अफेण्डर एलियन रिमुभल सोअर अपरेशन अन्तरगत उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु विगतमा यौन दुब्र्यबहारदेखि बलात्कारसम्मको अभियोग प्रमाणित भएकाहरु रहेको आइसले जनाएको छ ।

पक्राउ पर्नेहरु होण्डुरस, ग्वाटेमाला, जमैका , एल साल्भाडोर, इजिप्ट, पोर्चुगल, पाकिस्तान, फिलिपिन्स र क्यानडाका नागरिकहरु रहेका छन् । हिक्सभिलमा पक्राउ परेका ४६ बर्षीय पाकिस्तानी विगतमा १७ बर्षभन्दा कम उमेरकोलाई यौन दुब्र्यबहार गरेको अभियोग प्रमाणित भएका व्यक्ति हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेका अन्यमा विना लाइसेन्स गाडी चलाउनेहरु, मादक पदार्थ सेवन गरेर गाडी चलाउनेहरु, यौन दुब्र्यबहारदेखि चोरी गरेकाहरुसम्म रहेका छन् । पक्राउ परेकाहरुमध्ये ५ जना अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेकाहरु छन् ।

अमेरिकामा दोश्रोपटक गैरकानुनी रुपमा प्रवेश गरेको व्यक्तिलाई २० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेको व्यक्ति पक्राउ परेमा तुरुन्तै देशनिकाला गरिन्छ भने आदेश नपाइसकेको कागजत्रपत्रविहिन पक्राउ परेमा देशनिकालाको प्रकृयामा राखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com