टेक्सासमा मृत्युदण्ड


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

वासिङ्टन, २१ कात्तिक (रासस-एएफपी) – अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।

अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । “आर्यन सर्कल” नामको समूह (ग्याङ) ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन् ।

हलका वकीलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ ।
––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com