थपियो अमेरिकामा यात्राकालागि भिजिटर भिसा लिन नपर्ने देशको संख्या


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

अमेरिकाले आफ्नो देश भ्रमणका लागि कन्सुलेट वा दूतावासबाट भिजिटर भिसा लिन नपर्ने देशमा पोल्याण्डलाई थपेको छ । नोभेम्बर ११ देखि लागु हुनेगरी पोल्याण्डका नागरिकले अमेरिकामा भ्रमणका लागि आउँदा अनलाइनमार्फत भिसा छुटको आवेदन दिन सक्नेछन् ।

त्यसका लागि उनीहरुले इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशन इस्टामार्फत अमेरिका यात्रा गर्नुभन्दा कम्तीमा ७२ घण्टा अगाडि अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । यसरी आवेदन दिइसकेपछि उनीहरु ९० दिनसम्म अमेरिकामा यात्रा गर्न र बी वान भिसामा गर्न पाउने गतिविधि गर्न योग्य हुनेछन् ।

भिसाका साटो अनलाइनमार्फत यात्रा अनुमतिका लागि आवेदन दिए पुग्ने देशको सुची यस्तो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि विश्वका ३८ देशका नागरिकले विना भिसा इस्टामार्फत अनलाइन आवेदन दिएर अमेरिकाको यात्रा गर्न पाउने प्रावधान छ । अब त्यो सुचीमा पोल्याण्ड पनि थपिएको हो । अनलाइनमार्फत यात्रा अनुमति लिएपछि उक्त अनुमति पासपोर्ट अद्यावधिक रहेसम्म २ बर्षका लागि काम लाग्छ । यदि २ बर्षको बीचमा पासपोर्ट एक्सपायर भएमा भने नयाँ यात्रा अनुमतिपत्रका लागि अनलाइन आवेदन दिनुपर्छ ।

यदि विगतमा कानुन कार्यान्वयन वा अध्यागमन नीति नियमको पालनाका सन्दर्भमा समस्या भएका कुनै पनि व्यक्ति अनलाइनमार्फत यात्रा अनुमतिका लागि अयोग्य हुनसक्नेछन् । उनीहरुले भने अमेरिकी दूतावास वा कन्सुलेटबाट नै भिसा लिनुपर्ने हुन्छ ।

भिसाका साटो अनलाइनमार्फत यात्रा अनुमतिका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com