ग्रिनकार्ड र कामदारभिसाका लागि नोभेम्बर २९ देखि प्रिमियम प्रोसेसको शुल्क बृद्धि


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले रोजगारमार्फत ग्रिनकार्डका लागि फर्म आई १४० र गैरआप्रवासी कामदारका लागि फर्म आई १२९ को शीघ्र प्रकृया शुल्क बृद्धि गरेको छ । अहिलेसम्म उक्त शुल्क १४१० डलर रहेकोमा नोभेम्बर २९ देखि ३० डलर बृद्धि गरेर १४४० डलर बनाइएको छ ।

शुल्कबृद्धिबारे बिहिबार फेडरल रजिस्टरमा सुचना समेत प्रकाशित गरिने भएको छ । रोजगारमा आधारित विभिन्न श्रेणीका ग्रिनकार्डका लागि फर्म आई १४० प्रयोग गरिदै आएको छ भने एच श्रेणीका कामदार भिसा, ओ, पी, क्यु, आर लगायतका श्रेणीका भिसाका लागि फर्म आई १२९ प्रयोग गरिन्छ ।

फर्म आई १२९ र फर्म आई १४० का लागि शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस आवेदकका लागि एउटा विकल्प हो । आवेदकले नियमित प्रकृयाबाट पनि यो शुल्क नतिरिकनै आफ्नो आवेदन पेश गर्न सक्छन् । तर शीघ्र प्रकृयाबाट आवेदन पेश गर्दा युएससीआईएसले १५ दिनभित्र आवेदनबारे निर्णय गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रिमियम प्रोसेसका लागि फर्म आई १२९ वा आई १४० का साथमा आई ९०७ समेत भरेर पठाउनुपर्छ । आर्थिक बर्ष २०१८ मा ३ लाख ७ हजार १७३ जनाले आफ्नो आवेदनमा प्रिमियम प्रोसेसका लागि अनुरोध गरेका थिए । सन् २०१४ मा यो संख्या २ लाख १८ हजार ४ सय रहेको थियो ।

युएससीआईएसको थपिएको ३० डलर शुल्कबाट बर्षमा झण्डै ७८ लाख अमेरिकी डलर थप आम्दानी गर्ने अनुमान गरिएको छ । प्रिमियम प्रोसेसबाटमात्र बर्षमा अमेरिकी सरकारको युएससीआइएसले झण्डै ३८ करोड अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com