भ्रमण वर्ष (२०२०) सफल बनाउन एनआरएनएसँग १७ बुँदे समझदारी


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सुरु हुन लागेको नेपाल भ्रमण वर्ष (२०२०) सफल बनाउन भ्रमण वर्षको सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी भएको छ ।

नेपाल पर्यटन बोर्डमा आइतबार १७ बुँदे समझदारी भएको हो । समझदारीअनुसार एकजना गैर आवासीय नेपालीले एकजना पर्यटक नेपाल पठाउनुपर्नेछ । सबैभन्दा धेरै पर्यटक नेपाल पठाउने व्यक्ति वा संस्थालाई सरकारले सम्मान गर्ने पनि समझदारीमा उल्लेख छ ।

समझदारीमा गैरआवासीय नेपाली संघका नवनियुक्त अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष(२०२०)का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले हस्ताक्षर गर्नुभएको छ ।

भ्रमण वर्षको सचिवालय र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच भएको १७ बुँदे समझदारी यस्तो छ ।

१.संघले नेपाल भ्रमण वर्ष(२०२०) का सन्दर्भमा विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन गर्नेछ । उक्त कुराको अभिलेखीकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ–संस्थालाई सम्मान गर्नको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।

२. संघले नेपाल भ्रमण वर्ष(२०२०ु अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउनेछ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्नेछ ।

३. संघले विश्वभरि रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा  ‘Spend Holiday in Nepal with Family and Friends’  अभियान सञ्चालन गर्नेछ ।

४. संघले विदेशमा रहेका नेपाली दूतावास र नियोगहरुमा ुभ्रमण वर्ष प्रवर्द्धन कक्षु स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनेछ ।

५.नेपाल भ्रमण वर्षु २०२० को प्रचारप्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरि विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्‍याली गर्नेछ ।

६. संघका विश्वभरि रहेका सदस्य तथा विभिन्न नेपाली संघ(संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ(संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नेछ ।

७. संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपालसम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।

८. संघले विश्वभरि छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा विदेशी मित्रहरुका सवारी साधनहरुमा ुनेपाल भ्रमण वर्ष(२०२०ु लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउनेछ ।

९. संघले विश्वभरिमा कम्तीमा ५० देशमा मिस एनआरएन इन्टरनेशनल आयोजना गर्ने र प्रतियोगिताको फाइनल २०२० जुन महिनाभित्र नेपालमा गर्नेछ।

१०. सचिवालय र संघको समन्वयमा आउँदो जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका लागि सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

११. संघले सम्बन्धित देशका सञ्चारमाध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ ।

१२. सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघ(संस्थाहरुको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।

१३.संघले विश्वभरिका विभिन्न देशहरुका सार्वजनिक ठाउँहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा ुनेपाल भ्रमण वर्ष(२०२०) को प्रचार सामग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

१४.सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, मिडियालगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्नेछ ।

१५. सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामग्री उत्पादन गरी वितरण गर्नेछ ।

१६.सचिवालयले एक नेपालीले कम्तीमा ुएक विदेशी साथी नेपाल पठाऊु अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ ।

१७. उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक स्रोतको प्रबन्ध संघले गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com