महरा थप ३ दिन हिरासतमै


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका महरालाई न्यायाधीश दीपककुमार दाहालको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद दिएको हो ।

जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार अदालतमा पेश गरेपछि शुक्रबारसम्मका लागि म्याद थप गरिएको हो । अदालतले अब महरालाई आइतबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ, भने थप गरिएको म्याद शुक्रबार सकिदैछ । शनिबार सार्वजनिक बिदा भएकाले महरालाई आइतबार अदालतमा पेश गरिने भएको छ ।

प्रहरीले निवर्तमान सभामुख महरालाई असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com