नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्नेलगायत नौ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका सङ्घसंस्थाद्वारा काठमाडौँमा आयोजित सो सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले सङ्गठित र संयुक्तरुपमा अभियान गर्नुपर्ने ठहरसमेत गरेको छ ।

“प्रवासमा रहेका दलित समुदायले सङ्गठित वा असङ्गठितरुपमा नेपालको दलित मुक्ति आन्दोलनलाई सहयोगी भूमिका निर्वाह गरिरहेका छन्, प्रवासमा भएका दलित सङ्गठन र जनशक्तिलाई नेपालको दलित आन्दोलनले रणनीतिक र कार्यनीतिकरुपमा परिचालन गर्नुपर्छ”, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले दलित समस्या अन्तर्राष्ट्रिय समस्या भएको भन्दै त्यसलाई संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलगायत अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्ने घोषणा गरेको छ । सम्मेलनले नेपालको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय निकायलाई दलित समुदायको उत्थान र विकासका लागि ठोस नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नका लागि अनुरोध पनि गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युवा तथा खेलकूदमन्त्रीले उद्घाटन गर्नुभएको सो सम्मेलनमा दलित अधिकारकर्मी डा विष्णुमाया परियार र डा निर्मला विश्वकर्मा र डा निर्मल विश्वकर्मा लगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com