एनआरएनएको नवौं विश्व सम्मेलन राष्ट्रपतिबाट उद्घाटन


प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार

म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको छ । कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व अध्यक्ष शेष घले र एफएनसीसीआई अध्यक्ष भवानी राणाले अधिवेशन सफलताको शुभकामना दिनुभयो । होटल ह्यातमा सुरू सम्मेलन ३० असोजसम्म चल्ने छ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएको नवौं महाधिवेशन आयोजना गरिएको हो ।

एनआरएनएको सम्मेलनका लागि सोमवारसम्म विश्वका विभिन्न ठाउँमा रहेका करिव २५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिएका छन् ।

सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।सम्मेलनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com