सभामुख पदमा नेम्वाङ, गुरुङ, सापकोटा र घर्तीको दौड


प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार

रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त रहँदै छ ।

सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो ।

सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेको समयमा सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको विषयमा समीक्षा भएको थियो । त्यसक्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सत्तारूढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् ।

प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ । पार्टीभित्रको शक्ति बाँडफाँटको हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूले दाबी गरिरहेका छन् ।

सो पदका लागि आकांक्षीहरूले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले अब बन्ने सभामुखबारे बहस पनि सुरु भएको छ ।

नेकपाका एक केन्द्रीय सदस्यले भने पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट भएका थिए । महराको पछिल्लो घटनाले नेकपालाई सभामुख फेर्न सहज भएको नेकपाका नेताहरू नै बताउँछन् । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारबारे पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् ।

उता, अर्का अध्यक्ष दाहाल पनि नेम्वाङप्रति सकारात्मक छन् । तर, उनीमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दबाब बढी छ । पूर्वमाओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र ओनसरी घर्ती लबिङमा छन् । नेकपाबाट अहिले उपसभामुख डा। शिवमाया तुम्वाहाम्फे छिन् । नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।समाचार राजधानी दैनिकले लेखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com