नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १५ बुँदामा सहमति तथा सम्झौता


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

नेपाल–चीन द्विपक्षीय वार्तामा विभिन्न विषयमा सहमति तथा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा  भएको उच्च स्तरीय वार्तामा सहमति तथा सम्झौता भएको हो ।

नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न १५ बुँदामा सहमति तथा सम्झौता भएको बताइएको छ । रेल सञ्जाल निर्माण, पर्यटन प्रबर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चार वटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, उर्जा, रेल वे, सूचना प्रविधिको बिस्तार गर्नेसहितका बुँदामा सहमति भएको जनाइएको छ ।

यस्तै पर्यटन, सडक सञ्जालसहित कनेक्टिभिटीसका विषयमा पनि सहमति भएको जनाइएको छ । द्विपक्षीय वार्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यबाद दिनुभयो । सी को भ्रमणले दुई देशबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको ओलीले बताउनुभयो ।

वार्तामा नेपाली टोलीमा गृह मन्त्री, अर्थमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री, उर्जा मन्त्रीसहितको पनि सहभागिता थियो । यस्तै चिनियाँ विदेशमन्त्री, नेपालका लागि चिनियाँ राजदूतसहितको पनि सहभागिता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com