राष्ट्रपति सीद्धारा तीन वर्षमा खर्च गर्ने गरी ५६ अर्ब सहयोग घोषणा


प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार

राष्ट्रपति सीले तीन वर्षमा आउने गरी नेपाललाई ५६ अर्ब रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छन् । राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ताका क्रममा उनले सहयोग घोषणा गरेका हुन् । भण्डारी र सीबीच साँझ ६.४० बाट करिब एक घन्टा भेटवार्ता भएको थियो । भेटर्वार्तामा भ्रमण टोलीमा संलग्न चिनियाँ अधिकारी र नेपालका तर्फबाट राष्ट्रपति कार्यालयका अधिकारी सहभागी थिए ।

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको दोस्रो दिन आइतबार नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता हुँदैछ । नेपालबाट प्रधानमन्त्री केपी ओली र चीनबाट राष्ट्रपति सीले नेतृत्व गर्ने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा नेपालले उच्च तहको राजनीतिक सद्भाव वृद्धिसहित कनेक्टिभिटीलाई मुख्य विषय बनाउँदै छ ।

‘२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमण आफैँमा अत्यन्त महत्वपूर्ण छ, औपचारिक वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा बृहंगम छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘उच्च राजनीतिकस्तरमा थप विश्वासको वातावरण बनेको छ । यसलाई बढावा दिँदै कनेक्टिभिटी, पारवहन, विकास, सीमा सुरक्षालगायत मुद्दामा छलफल केन्द्रित गर्नेछौँ ।’

राष्ट्रपति सी उच्च चिनियाँ अधिकारीसहित शनिबार अपराह्न विशेष विमानबाट काठमाडौं अवतरण गरेका हुन् । उनले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा वार्ता गरेका छन् भने दुई देशबीच कार्यकारी प्रमुखको तहमा औपचारिक वार्ता आइतबार बिहान होटेल सोल्टीमा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com