चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरु समावेश भएपनि व्यापारघाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुकमा चीन पर्छ । तर, व्यापार सहजीकरण/व्यापार न्यूनीकरणबारे कुनै एजेन्डा नै छैन ।
‘सामूहिक रुपमा परराष्ट्र मन्त्रालयले कुरा राख्छ । कनेक्टिभिटीको कुरा उठ्छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने,‘तर, यकिन जानकारी छैन ।’
चीनसँग व्यापारघाटा वर्षेनि बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ भने निर्यात २ अर्ब १० करोडको मात्रै भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा पनि व्यापार घाटा ४० अर्ब ५६ करोड पुगेको छ भने निर्यात २९ करोड रुपैयाँको मात्रै भएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।