उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका क्रममा ठूला परियोजना कार्यान्वयन सम्झौता हुने भएको छ ।
नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवदेन(डिपीआर) सम्झौता, कोदारी राजमार्ग स्तरोन्नति, बहुप्रतीक्षित सिगात्से–रसुवागढी रेलको डिपिआर निर्माण र लगानी, हिल्सा नाका जोड्ने–खोल्ने, मुस्ताङ–कोरला नाका सडक, चीनसँग सिमाना जोडिएका जिल्लामा पूर्व–पश्चिम सडक सञ्जाल जोड्ने लगायत रणनीतिक महत्वका आयोजना कार्यान्वयन विषयमा सम्झौता हुने सरकारी अधिकारीहरुले बताएका छन् ।
सरकारले ऋणमा सिगात्से–रसुवागढी रेल निर्माणका लागि सम्झौता नगर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।
‘प्रधानमन्त्रीज्यू ऋण लिएर रेल ल्याउने मनस्थितिमा हुनुहुन्न,’ स्रोतले भन्यो ,‘अहिले रेलको डिपिआर निर्माण सम्झौता हुने सम्भावना धेरै छ ।’ चिनियाँ पक्षले भने लगानीको प्रतिफल पाउनुपर्ने माग राख्दै आइरहेको छ ।
‘चिनियाँ पक्षले ऋण लगानी मात्रै होइन, त्यसको प्रतिफलसमेत माग गर्दै आइरहेका छन् ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने ,‘सरकारले जतिसक्दो अनुदानमै रेल ल्याउन चाहेको देखिन्छ ।’
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।