महरा बिरामी,हिरासतमै अक्सिजन जडान


प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ । सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका महरालाई उच्च रक्तचापसँगै श्वास-प्रश्वासको समस्या देखिएको हो । महरालाई हिरासत कक्षमै अक्सिजन दिइएको छ ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीकाे प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

गएराति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो । उनकाे बयान लिएर अनुसन्धान अघि बढाउने प्रहरीकाे भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com