Follow @khasokhasmag

अमेरिकीका ९५ वर्षिय पूर्व राष्ट्रपति कार्टर गरिबका घर बनाउँदैमा व्यस्त


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

एजेन्सी/ सन् १९७७ देखि १९८१ सालसम्म अमेरिकाकाे राष्ट्रपति बनेका जिमी कार्टर गत मंगलबार ९५ पुगे । यस अवसरमा उनले आफ्नाे निवास जर्जियामा कुनै कार्यक्रम आयोजन गरेका थिएनन् ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्दैनन् । उनी निरन्तर गरिबी जनताकाे जीवन उकास्न काम गरिरहने समाचार जनाइएकाे छ । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाकाे विभिन्न स्थानमा पुगेर पछिल्लाे ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् ।

१ अक्टाेबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति बनेका छन् । उनी पहिले याे रेकर्ड जर्ज एच.डब्लू. बुशकाे नाममा रहेकाे थियाे । बुशकाे निधन ९४ वर्ष १७१ दिनकाे उमेरमा निधन भएकाे थियाे । कार्टरले यही वर्षकाे मार्च महिनादेखि याे रेकर्ड आफ्नाे नाममा लेखाएका हुन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com