Follow @khasokhasmag

यौन हिंसाको आरोप लागेपछि महराले सरकारी सुविधा फिर्ता


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

यौन हिंसाको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । सभामुखको सुरक्षार्थ खटिएका १७ जना नेपाली सेना, ९ जना प्रहरी र उनी चढ्ने सरकारी गाडी फिर्ता भएकाे हाे ।

अब निवर्तमान सभामुख महरासँग २ जना पिएसओ मात्र बाँकी रहेको उनका प्रेस विज्ञ डिल्ली मल्लले बताए । महराले सरकारी निवास बालुवाटार भने छाडेका छैनन् । ‘उहाँको काठमाडौंमा आफ्नै घर छैन । डेरा खोज्नुपर्ने भएकाले हाल बालुवाटारमै हुनुहुन्छ । केही दिनपछि सरकारी निवास पनि छोड्नु हुन्छ’ मल्लले भने

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com