फट्याङ्ग्राले लात्ती चलाएर ब्यवस्था ढल्दैन : महासचिव बिष्णु पौडेल


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले नेपालको संघिय लोकतान्त्री ब्यवस्थालाई  कसैले उल्टाउन नसक्ने बताउनुभएको छ ।
नेकपा बुटवल उपमहानगर समितीले आज बुटवलमा आयोजना गरेको चियापान तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महासचिव पौडेलले पार्टीहरु निर्वाचनको माध्यमबाट फेरिन सक्ने भएपनि ब्यवस्था र संबिधान नफेरीने बताउनु भयो ।

उहांले केहि फट्याङ्ग्राहरुले गालामा लात्तीले हानेर ब्यवस्था उल्टेको सपना देखेको बताउंदै बिपक्षिदलले पनि निर्वाचनमा जित्न नसक्दा ब्यवस्था नै गलत भएको भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउनु भयो ।

बिपीको मेलमिलापलाप राजासंग भएकोले कम्युनिष्ट संगको मेलमिलाप गलत भएको कुरा केहि ब्यक्तिहरुबाट कांग्रेस भित्र गर्न खोजिएको बताउंदै पौडेलले निर्वाचन हार्दा धर्मनिरपेक्ष, समाबेशी र समानुपातीक सहितको संघिय प्रणालीलाई दोष दिन नमिल्ने बताउनु भयो ।

बर्तमान संबिधान कुनै राजा महाराजाको कृपाबाट नभई ठुलो संघर्षबाट आएको र योद्दाहरुको रगतले लेखिएको उहांको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, प्रदेश ५ सरकारका उद्योग, बन तथा पर्यटन मन्त्री लिला गिरि लगायतले चाडपर्वहरुको चियापानले समाजमा मेलमिलाप र भातृत्व कायम हुने बिश्वास ब्यक्त गरेको थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com