दशैँमा चामल अभाव


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

–दाने बोहरा

दशैँको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ ।

जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ ।

चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताउनुभयो । नेपालीको महान् पर्व दशैँमा चामल नपुगे पनि तिहारसम्ममा पु¥याउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धाँमीले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको हो ।

यो वर्ष चामल नहुँदा दशैँ खल्लो हुने निश्चित भएको स्थानीयवासी भक्तराज ऐडीले गुनासो गर्नुभयो । अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयवासीले यो वर्षको दशैँ भातविना मनाउने भएका छन् ।

दशैँ सम्ममा चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहे पनि चामल नपुग्ने निश्चित भएपछि दुई वटा डिपोका कर्मचारी पनि दशैँ मनाउन घर गएका छन् । ठेकेदारले यही असोज ८ गते टेण्डर प्रक्रिया सम्झौता गरी तिहारसम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थान प्रमुख विष्टले बताउनुभयो ।

खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेको भन्दै दशैँमा चामल पु¥याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको टेण्डर प्रक्रिया नै ढिला भएकाले कसैलाई पनि यस वर्षको दशैँमा चामल पु¥याउन सकिएको छैन ।

सिमकोटमा १६ सय क्विन्टल मौज्दात, याल्वाङमा १५ सय क्विन्टल बाँडियो

सधैँ दशैँमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्यान्न मौजात प्रशस्त रहेको छ । काठमाडौँ केरुङ हुँदै सिमकोट पुगेको ६०० क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको खाद्य संस्थान प्रमुख विष्टले बताउनुभयो ।

गत वर्ष संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण गरेको थियो । त्यसैअनुरूप विभिन्न निकायको सहकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्य संस्थानको गोदाममा एक हजार ६०० क्विन्टल चामल मौज्दात रहेको विष्टले बताउनुभयो ।

उता केरुङ नाका हुँदै सिमकोट आउँदै गरेको चार हजार क्विन्टल चामलमध्ये ६०० क्विन्टल संस्थान शाखामा भित्रिएको छ भने बाँकी रहेको तीन हजार ४०० क्विन्टल चामल सल्लीखोलामा रहेको चौकीदार अखिल रोकायाले जानकारी दिनुभयो ।

केरुङ हुँदै गाडीमार्फत याल्वाङमा पुगेको एक हजार ५०० सय क्विन्टल चामल याल्वाङ बिक्री केन्द्रमार्फत वितरण गरिसकिएको छ । सिमकोट खाद्य संस्थानका लागि गाडीबाट हिल्सा हुँदै सल्लीखोला पुगेको चामल वर्षात्ले सडक ठाउँठाउँमा भत्केका कारण ढुवानी कार्य रोकिएको ठेकेदार ध्रुव शाहीले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com