महरा प्रकरण : रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै चित्रजंग शाहीले जानकारी गराएका छन् । रोशनी र आफूले हस्ताक्षर गरेको एउटा सहमति पत्र पनि उनले सार्वजनिक गरेका छन् ।

‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं,’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ । यसका लागि कानुनी प्रक्रिया पनि सुरू गरिएकाे जानकारी दिइएकाे छ ।

रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत् सार्वजनिक राेइलाे गरेकी थिइन् । आइतबार राति उनको कोठामा गएर महराले बलात्कारको प्रयास गरेको राेशनीले दाबी गरेकी थिइन् । तर घटनाकाे पर्सिपल्टबाटै उनले बयान फेरिकी छिन् र प्रहरीमा उल्टै महरालाइ बचाउन निवेदन हालेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महरामाथि बलात्कारकाे आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएकाे महराले बताएका थिए ।

तर, महराकाे राजीनामापछि राेशनीले आफ्नै आरोपको खण्डन हुनेगरी ‘महरा आफ्नो बाबुसमानको व्यक्ति भएको’ भन्दै कुनै बलात्कार नभएको दाबी गरेपछि याे केस अप्ठेराेमा परेकाे छ ।

रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएपछि महराविरूद्धका सम्भावित प्रमाण संकलन गरिसकेकाे प्रहरीका लागि अनुसन्धानकाे बाटाे नै बन्द भएकाे ठहर गरिएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com