२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
खबर

नेपालको यस्तो ठाउँ जहाँ विदेशी संस्थाको सहयोगमा चल्छ विद्यालय

माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको छ। ती संस्थाले वार्षिक ७० लाख रुपैयाँ खर्च गरिरहेको डोल्पा सामाजिक सहयोगका लागि तापरिचाका प्रोजेक्ट कोअर्डिनेटर सेम्दुक लामा बताउँछन्। यही संस्थामार्फत तापरिचा स्कुलमा विदेशीले लगानी गरिरहेका छन्।

यहाँ सरकारी दरबन्दीका १० शिक्षक छन्। पाँच जना निजी स्रोतका छन्। विदेशीले दिएको पैसाबाट शिक्षक र विद्यार्थीलाई आवासीय सुविधा मिलाइएको छ। विद्यालय भवन निर्माणदेखि विद्यार्थीको पौष्टिक आहार, पोसाक, स्टेसनरी, साबुन, टुथब्रस, औषधि सबै खर्चको प्रबन्ध गरिएको लामा सुनाउँछन्।

माथिल्लो डोल्पाका अधिकांश सरकारी विद्यालयमा कुनै न कुनै रूपमा विदेशीले सहयोग गरिरहेका छन्। पर्यटकले यो क्षेत्रमा शिक्षाको अभाव देखेपछि विद्यालय खोल्न स्थानीयलाई हौस्याएका थिए। क्रिस्टल पनि २५ वर्षअघि विदेशीकै सहयोगमा खुलेको थियो।

सरकारी दरबन्दीका पाँच तथा विदेशीले दिएको पैसाबाट सात शिक्षक राखेर यो स्कुलको पढाइ चलिरहेको छ। काठमाडौंमा रहेका विद्यार्थीको होस्टल र पढाइ शुल्क पनि विदेशीले भिजन डोल्पामार्फत तिरिरहेका छन्।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →