गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ता : सभापति देउवा


प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताउनुभएको छ ।

एक सय ५०औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले आज गाउँमा सुविधा नपाएर शहरमा जनसङ्ख्याको चाप बढेको उल्लेख गर्दै यसबारेमा गान्धीको दूरदर्शी विचार रहेको बताउनुभयो ।

आन्दोलनका क्रममा गान्धीले चर्खाबाट आफैँ कपडा उत्पादन गरी अङ्ग्रेजले उत्पादन गरेका कपडा बहिष्कार गरेको र शान्ति तथा अहिंसाकै माध्यमबाट शक्तिशाली अङ्ग्रेज शासकलाई भारतबाट हटाउन सफल भएको प्रसङ्गसमेत सभापति देउवाले उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीले मानव हृदयलाई प्रभावमा पारेर समाजमा परिवर्तन ल्याउन सफल भएको र विश्वलाई शान्तिको पथमा हिँड्ने प्रेरणा दिएको उल्लेख गर्नुभयो । उहाँले काङ्ग्रेसले शान्ति र अहिंसाकै माध्यमबाटै माओवादीको सशस्त्र द्वन्द्वको समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा अहिलेको राजनीतिक उपलब्धि पनि शान्ति र अहिंसाकै माध्यमबाट प्राप्त भएको बताउँदै प्राप्त उपलब्धिमाथि देखिएका खतराको सामना गर्न सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आजको विश्व राजनीतिमा गान्धीको प्रेरणाको महत्व थप बढेको चर्चा गर्नुभयो । भारतीय काङ्ग्रेसका नेता एवं भारतका पूर्वविदेशमन्त्री सलमान खुर्शिदले गान्धीले कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ ठूलो निर्णय लिन सफल भएको चर्चा गर्दै शान्तिबिना विकास नहुने बताउनुभयो ।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ को बहसबारे टिप्पणी गर्दै ‘सी पथ’ ले नेपालमा ठूला भवनको निर्माण भए पनि मानव विकास र मानवताका लागि भने ‘जी पथ’ अर्थात् गान्धी पथ नै आवश्यक पर्ने टिप्पणी गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले गान्धी भारतमा जन्मे पनि विश्वका लागि शान्ति र अहिंसाका प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com