धादिङ नेपाली समाज अमेरिको साधारण सभा सम्पन्न


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

धादिङ नेपाली समाज अमेरिका दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा धादिङ जिल्ला घर भई हाल अमेरिका रहेका बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, एनआरएनए अमेरिका युवा संयोजक बिनोद रुवाली र न्यूयोर्क च्याप्टरका बोर्ड सदस्य अनुजजंग थापामगर छन् । उनिहरुलाई धादिङबाट एनआरएनएमा प्रतिनिधित्व गर्दै, निर्वाचित भएकाले सम्मान गरिएको हो ।

समाजका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मेरिल्याण्ड डिसी निवासी पर्यटन व्यवसायी पूर्व जिविस उपभापति ज्ञानप्रसाद रिमाल, न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, जनसम्पर्क समितिका अमेरिकाका नेता टकबहादुर रुवाली, समाज पूर्व संयोजक राजन गौली लगायतले बोलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साधारण सभाले समाजको बिधान तथा आर्थिक प्रतिवेदन सहित आगामी कार्य योजना अनुमोदन गरेको छ । साधारण सभामा संस्थाका कोषाध्यक्ष रमा खतिवडाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । भने बिधान संस्थाका महासचिव बिकास कंडेलले पेश गरेका थिए । धादिङ समाज स्थापना भएको छोटो समयमै बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com