गाई काटेको अभियोगमा तीन पक्राउ


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सोही क्रममा फरार रहेका दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com