‘विप्लव’ समूहले लुकाइ राखेकाे निक्कै खतरनाक विष्फोटक पदार्थ बरामद : प्रहरी


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

गएराति झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । सो विस्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले आइतवार बेलुका सात बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. १ सिस्नबाट सो विस्फोटक पदार्थ बरामद गरेको हो ।

विष्फोटक पदार्थ २०५ लोला (करिव २५ केजी ) फेला पारी अनुसन्धान भइरहेको झापाका एसपी (प्रहरी उपरिक्षक) दिनेशराज मैनालीले बताउनुभयो । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी हो भनी ल्याइएकाे थियाे ।

विप्लव समुहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, उक्त समुहका झापा जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, झापा जिल्ला वजनसरकार प्रमुख जिल्ला सदस्य टिकाराम पोखरेल लगायतका व्याक्तिहरुले करिब एक महिनाअगाडि उक्त स्थानमा ल्याई लुकाईछिपाई भण्डारण गरी राखेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले भने, ‘बरामद गरिएको विस्फोटक पदार्थ बम बनाउन प्रयोग हुन्छ । र यो निक्कै खतरनाक विष्फोटक पदार्थ हाे ।’
यसअघि विभिन्न स्थानमा रहेको एनसेल टावर, एउटा वडा कार्यालय, एक सहरकारी र एक सवारी साधनमा विप्लव समूहले बम विष्फोट गराइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com