दशैँमा हवाई यात्रुलाई टिकट सकियो


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ ।

हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई कर्मथलो बनाएका लाखाँै नागरिक घर जाने चटारोमा हुन्छन् । यात्रुका लागि घर फर्कन दुई विकल्प छन् । हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । विगत झँै यस वर्ष पनि दशैँमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ । सबैजसो वायुसेवा कम्पनीले दशैँको टिकट सकिएको बताएका छन् । यात्रुले महँगो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन् ।

वायुसेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाई भाडा बढाउँदै आएका छन् । सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ । महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन् । उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नुपर्छ । अहिले पनि दशैँका लागि हवाईजहाजको टिकट पाउन कठिन भएको छ । पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ ।

पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नुपर्छ । अहिले दशैँमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै विराटनगरका लागि हवाई भाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ । यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन् । धनगढी र नेपालगञ्ज गन्तव्यमा जान ठिक्क परेका एक यात्रुले भन्नुभयो, “वायुसेवा कम्पनीलाई अहिले दशैँ लागेको छ, बसको टिकट पाउन नसकेपछि रु आठ हजार तिरेर जहाजको टिकट किनेँ ।”

अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ । नेपाल वायुसेवा निगमको जहाजमा भने धनगढीका लागि रु पाँच हजार ७०० मा टिकट खरीद गरेको अर्का एक यात्रुले बताउनुभयो । निगमले आफ्नो नियमित भाडादरमै गन्तव्यमा उडान भर्दै आएको छ ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले दशैँमा पनि निगमले नियमित भाडादरमै टिकट बिक्री गरिरहेको जानकारी दिनुभयो । यात्रुलाई मात्र हैन वायुसेवा कम्पनीलाई पनि कम्ती चुनौती छैन । भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र मागअनुसारको सेवा दिन दशैँका बेला हम्मेहम्मे पर्छ । एक वायुसेवा कम्पनीका सञ्चालकले भन्नुभयो, “हामीलाई दशैँमा सधैँ भाडा बढायो भन्ने आरोप लाग्छ, हाम्रो बाध्यता कसैले बझ्दैन् । सस्तो, महङ्गोको त कुरै छैन, टिकट पाउन कठिन छ, वायुयानको विविध खर्चको कुरा गरी साध्य छैन ।”

वायुसेवा कम्पनी भन्छन्ः दशैँलाई टिकट सकियो

दशैँ आउनु एक महीनाअघि देखि नै हवाईजहाजको टिकट बुकिङ हुन्छ । यात्रुलाई घटस्थापनापछिका दिनमा धेरै टिकट चाहिन्छ । टिकट पाउन मुस्किल हुन्छ । पहिल्यै टिकट बुकिङ सकिएको हुन्छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले दशैँको हवाई टिकट सबै सकिएको जनाएको छ । यो समय उडान हुने प्रायः सबै गन्तव्यमा हवाई यात्रुको चाप छ । यतिले आफ्ना पाँच एटिआर र पाँच साना गरी १० तथा भगिनी संस्था तारा एयरका छ जहाजबाट आन्तरिक उडान भर्दै आएको छ । भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यमा हवाईजहाजको टिकट सकिएको छ । अरू बेला पनि व्यस्त रहने यी गन्तव्यमा दशैँका बेला हरेक वर्ष हवाई यात्रुको चाप हुने गर्छ ।

निजी क्षेत्रको अर्को ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पनि दशैँका लागि अधिकांश गन्तव्यमा टिकट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका अनुसार तुम्लिङ्टार र सुर्खेत गन्तव्यमा एक साताअघि नै बुकिङ पूरा भइसकेको छ भने बाँकी गन्तव्यमा ९० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरसँग आन्तरिक उडानमा रहेका १३ जहाजमध्ये ११ एटिआर र दुई साना जहाज छन् ।

आन्तरिक उडानको प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्सको पनि दशैँका लागि टिकट सकिएको छ । कम्पनीसँग आन्तरिक उडानका लागि ७० सिट क्षमताका दुई तथा ५० सिट क्षमताका दुई जहाज छन् ।

त्यस्तै आन्तरिक उडानका सौर्य, सीता र सिम्रिक एयरलाइन्सको पनि दशैँका लागि टिकट बुकिङ सकिएको छ । दशैँमा यात्रुको अत्यधिक चाप बढेकाले उडान व्यवस्थापन तथा थप विस्तार गर्न लागिपरेको हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन नेपाल वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले पछिल्लो थानकोट–नागढुङ्गा सडक जामका कारण वायुसेवा कम्पनीलाई असाध्यै दबाब परेको भन्दै विमान कम्पनीले गन्तव्यमा उडान सङ्ख्या थप्ने तयारी गरेको छ ।

दशैँलाई लक्ष्य गरी अहिले सबै वायुसेवा प्रदायक कम्पनीको नियमित उडानमा शत्प्रतिशत टिकट बुकिङ भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या वृद्धि गरिने जनाइएको छ । सङ्घका अनुसार आन्तरिक उडानमा १० हेलिकोप्टर कम्पनीसहित १८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । बुद्धएयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स, समिट एयर र तारा एयरले आन्तरिक उडान भर्दै आएका छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com