पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् ।

बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाटन भ्यालीले दुई विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि वीरेन्द्र विष्टले ४२ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । यसअघि ब्याटिङ गर्दै भूमेश्वरले १५ ओभरमा ७७ रन मात्र बनायो ।

अर्को खेलमा पाटन नगरपालिका–८ सिद्धेश्वरलाई नौ विकेटले हराउँदै पाटन–५ बसन्तपुर विजयी भयो । सिद्धेश्वरले दिएको १२८ रनको लक्ष्य बसन्तपुरले एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि म्यान अफ द म्याच मनोज ठगुन्नाले अविजित ६७ रन बनाए । यस अघि पहिला ब्याटिङ गरेको सिद्धेश्वरले कृष्ण विष्टको अर्धसतकीय पारीको मद्दतमा १२७ रन बनायो । विष्टले ५५ रन बानाए । बलिङतर्फ बसन्तपुरका प्रकाश ठगुन्नाले तीन विकेट लिए । बुधवारदेखि शुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता छ । पाटन नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउने छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com