एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् ।

भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा यसवर्ष भने त्यही चैतमा रोपेको धानको बाला दोस्रो पटक काट्न थालेका हुन् । ‘‘विगत वर्षमा जेठ, असारमा धानबाली भित्र्याउँथ्यांै, वर्षात्मा खेत बाँझै राखिन्थ्यो ।’’ स्थानीयवासी लल्लु डगौरा भन्नुहुन्छ, ‘‘यसवर्ष दुई बिघामा जेठ महीनामा ५५ क्वीन्टल धान भित्र्याएका थियौं तर काटेको धान फेरि पलायो, हामी त हेरेको हे¥यै भयांै, धान पनि फलेकाले अहिले धान काटिरहेका छौं ।’’

कैलाली जिल्लाको भजनी नगरपालिकाक्षेत्र पथरैया, काढा, कन्द्रा र मोहना नदीले घेरिएको छ । यो क्षेत्र वर्षात्को समयमा जलमग्न हुन्छ तर कुनै वर्ष पानी परेन भने खेतीबाली रोप्न किसानलाई हम्मेहम्मे पर्छ । ‘‘यहाँ नदी धेरै छन्् तर खेतमा सिँचाइको सुविधा छैन ।’’ डगौरा भन्नुहुन्छ, ‘‘सिँचाइको सुविधा नहुँदा किसान वर्षायाममा धान रोप्न छोडेर चैते धानखेती गर्छन् ।’’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डगौराले वर्षे धान नरोपेको एक दशकभन्दा बढी भयो । वर्षात्मा धान रोपे पनि त्यहाँका किसानले धान कहिल्यै भित्र्याउन पाएका थिएनन् । ‘‘वर्षात्मा खेत सधैँ जलमग्न हुन्छ, रोपेको धान डुबानले हराउँछ ।’’ डगौरा भन्नुहुन्छ,‘‘तर यसवर्ष पानी कम परेका कारण दुई पटक धान फल्यो, हामी त दङ्ग छौं ।’’ भजनी नगरपालिकाका हुलाकी सडक आसपास किसानको घरआँगन सडकको पेटीमा अहिले चैते धानको भकारी देख्न पाइन्छ । आफूहरूले वर्षात्को समयमा बाढीको डरले सडकको पेटीमा भकारी राख्ने गरेको स्थानीयवासी पुन्सी लामा बताउनुहुन्छ, ‘‘बाढी आएमा घर डुबानमा पर्ने भएकाले हामीले धानका भकारी सडक छेउमा राखेका हौँं । यहाँ बाढी आए पनि धान जोगाउन सकिन्छ भनेर ।’’

दुई पटक बाला लागेपछि किसान चैते धानबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनीहरुले उत्पादनका लागि प्राङ्गारिक मल प्रयोग नगरी रासायनिक मल प्रयोग गरिरहेका छन् । कृषि विज्ञको भनाइअनुसार रासायनिक मलले स्वास्थमा प्रत्यक्ष असर नपरी जैविक विविधतामा असर पार्छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फका कार्यक्रम संयोजक भरतबहादुर कँडेल रासायनिक मलको प्रयोग सकेसम्म घटाउनतर्फ किसान जागरुक हुनुपर्ने बताउनुहुन्छ,‘‘मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि जैविक विषादीको प्रयोग बढाउनुपर्छ, रासायनिक विषादीको प्रयोग कम गर्न सल्लाह दिने गरेका छौं ।’’ उहाँ भन्नुहुन्छ । त्यहाँका किसानले विकल्पको रुपमा चैते धानखेती गरिररहेका हुन् । उनीहरुले परम्परागत तरिकाबाट चैतेधान रोप्ने गरेका छन् । चैते धानखेती कृषि प्राविधिकको सल्लाह र आधुनिक तरिकाबाट लगाउन सके किसानको आम्दानीको बाटो बन्न सक्ने कृषि प्राविधिक बताउँछन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com