International Terminal of Tribhuvan International Airport. Photo: THT
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए ।
सेप्टेम्बर १ देखि डसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।