न्युयोर्कको ज्याक्सनहाइटमा भित्तामा हिन्दु, बुद्ध, जैनधर्म बिरोधी चित्र, सर्वत्र विरोध


प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सीभीएस फार्मेसीको भित्तामा अज्ञात व्यक्तिले हिन्दु, बुद्ध, जैनधर्म बिरोधी चित्र बनाएपछि त्यसको विरोध गरिएको छ । केहीदिन अगाडि सीभीएसको भित्तामा ॐ लाई कालो अक्षरले लेखेर त्यसलाई रातो अक्षरले गोलो लगाएर काटिएको चित्र देखिएको थियो ।

न्युयोर्कको क्वीन्समा हिन्दु मन्दिरका पूजारी कुटिएको लगत्तै यो घटना भएको हो । न्युयोर्कको ज्याक्सनहाइटमा हिन्दुहरुको संख्या बढ्दै जाँदा यस्ता गतिविधि समेत बढेका छन् । सन् २०१५ मा क्वीन्समा थ्यांक्सगिभिंग डेको दिनमा एउटा घरबाहिर ४० वटा हिन्दु धर्मका झण्डाहरु जलाइएको थियो ।

सीभीस फार्मेसीले स्वीकृति पर्खेको भन्दै उक्त चित्र हटाउनमा ढिलाई गरेको थियो । त्यसका लागि सीभीएसका अध्यक्ष केभिन ह्याउरीक्यानले माफी माग्नुपर्ने हिन्दुबादीहरुले माग गरेका छन् ।

यो फार्मेसी नर्दन ब्लुभड र ७२ स्ट्रीटमा रहेको छ । आइतबार देखिएको उक्त चित्र सोमबार दिउसोसम्म पनि हटाइएको थिएन । ॐ अक्षर हिन्दुधर्म, बुद्धधर्म, जैनधर्मको समेत संकेत मानिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com