विदेशमा के हुन्छ आत्महत्याको लागि दुरुत्साहन गर्नेलाई ?


प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार

आत्महत्याका लागि दुरुत्साहन गर्नेलाई कारवाहीको कानुनबारे नै यतिबेला बहस भइरहेको छ । कतिपयले यो कानुन नै बेठीक रहेको भन्दै बहस गरिरहेका छन् भने कतिपयले ठीक रहेको तर्क गरिरहेका छन् ।

नेपालमा आत्महत्याका लागि दुरुत्साहन गर्नेलाई कारवाहीको कानुन बनेपछि यसबारे देशब्यापी रुपमा मुद्दाहरु दायर भएका छन् । चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन्। तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ। जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद भएको छ।

आत्महत्याको प्रयासका लागि दुरुत्साहन गर्नेमाथि कारवाहीको कानुन विश्वका अन्य देशमा समेत रहेको छ । अमेरिकाका विभिन्न राज्यमा यसबारे फरकफरक कानुन छ । न्युयोर्कमा आत्महत्याको प्रयासका लागि दुरुत्साहन गर्नेलाई ५ हजार अमेरिकी डलर जरिवाना र ४ बर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । यसबारेको पछिल्लो कानुन न्युयोर्कमा सन् २०१३ मा ल्याइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले अहिले आत्महत्या दुरुत्साहनको अभियोग खेपिरहेका छन् । तर यो प्रमाणित हुनभने बाँकी रहेको छ ।

मुलुकी फौजदारी संहिता ऐन,२०७४ को दण्ड सजाय सम्बन्धि ब्यबस्थामा आत्महत्या का लागि दुरुत्साहन गर्ने कार्य लाई निरुत्साहित गर्ने उद्देश्यले ऐनमा ज्यान सम्बन्धि कसुर अन्तर्गत आत्महत्याका लागी दुरुत्साहन दिन नहुने अर्थात कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो परिस्थिति खडा गर्न वा गराउन नहुने त्यस्तो कसुर गर्ने ब्यक्ति लाई पाँच बर्षसम्म कैद र पचासहजार रुपैयाँसम्म जरिवाना हुनेगरी दण्डनिय अपराधको रुपमा स्वीकार गरिएको छ ।

यस बिषयमा बिगतमा कानुनको अभाबले गर्दा आत्महत्या का लागि दुरुत्साहन गर्ने कसुदारले कानुनको अभाबमा उन्मुक्ति पाउने अबस्था थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com