६७ औँ प्रजातन्त्र दिवस !


प्रकाशित मिति : फाल्गुन ७, २०७३ शनिबार

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम आज यहाँ गरिएको छ ।

सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताउँदै त्यसका लागि सरकार सचेत रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक सङ्क्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ भन्ने कुरामा सरकार गम्भीर र सचेत छ ।” प्रधानमन्त्रीले निर्वाचित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के हुन्छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुङ्गो लागिसकेको भन्दै उहाँले सरकारले निर्वाचन आयोगलाई आगामी वैशाखको अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
संविधान कार्यान्वयनमा सङ्घीयता नै सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सङ्घीयतामार्फत सिंहदरबारको अधिकार, स्रोत र साधन संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तहमार्फत जनताको घरदैलोसम्म पु¥याउन मुख्य उद्देश्य हो, यसबाट पहिचानको चाहना पूरा हुने मात्र होइन, शासन व्यवस्था जवाफदेही हुने र अवसरबाट वञ्चित र पछाडि परेका वर्ग र समुदायको पहुँच बढ्न गई समग्र राज्य प्रणालीप्रति जनताको वैधता र स्वीकार्यता बढ्छ ।”

प्रधानमन्त्री प्रचण्डले संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता नेपाली जनताका परिवर्तनका चाहनालाई स्थापित गरेको छ भने मानव अधिकार, शक्तिको पृथकीकरण, कानुनी शासनजस्ता लोकतन्त्रका आधारभूत मूल्यलाई पनि आत्मसात् गरेको स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा आमजनता समक्ष आह्वान गर्नुभयो ।

सो समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश कार्कीले शान्तिका प्रतीक परेवा उडाउनुभएको थियो ।

त्यसैगरी ज्ञात र अज्ञात सहिदप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए ।

राष्ट्रिय खेलकुल परिषद्बाट विविध खेल प्रदर्शन गरिनुका साथै काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिकालगायतले झाँकी प्रदर्शन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रम हेर्नका लागि टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com