प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेशी मोर्चा बिच आज बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री र मोर्चाका शिर्ष नेताहरु बिच बालुवाटारमा भएको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
संबिधान संशोधनको एजेण्डामा केन्द्रित बैठकमा मधेशी मोर्चाका शिर्ष नेताहरुले प्रधानमन्त्रीलाई आफनो ऐजेण्डा बारे जानकारी गराएका थिए । उनिहरुले संबिधान संशोधान नगरी निर्वाचनको मिति घोषणा गर्ने गरी सरकार अगाडी बढे आफूहरुले आन्दोलन शुरु गेर्ने सरकारलाई चेतावनी दिएका छन् ।
बैठकमा प्रधानन्त्री प्रचण्डले संबिधान संशोधन र निर्वाचनको मिति घोषणा गर्ने कार्यक्रम संग संगै अगाडी बढाउने जानकारी दिनुभएको प्रधानमन्त्रीका सल्लाहकार चक्रपाणी खनालले बताउनुभयो । दुवै पक्षले आ–आफनो बिचार व्यक्त गरेपछि पुनः छलफल गर्ने गरी बैेठक सकिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।