टीपीएसबारे सर्किट कोर्टको फैसला बुधबार, नेपालको टीपीएस पनि टुंगो लाग्ने


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसबारे अगस्त १४ बुधबार अमेरिकाको नाइन्थ सर्किट कोर्टले गर्ने सुनुवाईबारे सबैको चासो बढेको छ । उक्त सर्किट कोर्टले गर्ने फैसलाका आधारमा नै नेपालको टीपीएसबारे पनि टुंगो लाग्ने भएकाले अमेरिकामा रहेका नेपालीहरुमाझ पनि चासोको विषय बनेको हो ।

रामोस भर्सेस नेल्सनको मुद्दाबारे अदालतले प्राथमिक आदेश जारी गर्दै एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस अन्त्य गर्नमा रोक लगाएपछि नेपाली र होण्डुरनका तर्फबाट दायर गरिएको मुद्दामा पनि रामोसकै मुद्दाको फैसला अनुशार अगाडि बढ्ने सहमति भएको थियो । उक्त मुद्दामा अदालतले टीपीएस खारेज गर्नमा रोक लगाएपछि ट्रम्प प्रशासन टीपीएस खारेज गर्न पाउनुपर्ने मागका साथमा नाइन्थ सर्किट कोर्टमा पुगेको थियो । त्यही सर्किट कोर्टको मुद्दामा बुधबार सुनुवाई हुन लागेको हो ।

यदि सर्किट कोर्टले तल्लो अदालतको आदेशलाई खारेज गरिदिएको खण्डमा नेपाल लगायत होण्डुरस, एल साल्भाडोर हैटी, निकारागुवा र सुडानको टीपीएसमा नकारात्मक असर पर्नेछ । तर तल्लो अदालतको आदेश सदर भएमा भने सर्किट कोर्टमा ट्रम्प प्रशासनको हार हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्किट कोर्टमा जस्तो सुकै फैसला आएपनि एउटा पक्ष भने सर्बोच्च अदालतसम्म पुग्ने भने लगभग निश्चित रहेको छ । सर्बोच्च अदालतमा रुढीबादी न्यायाधिसहरुको बाहुल्य रहेको सन्दर्भमा सर्बोच्चबाट ट्रम्प प्रशासनका पक्षमा फैसला आउने सम्भावना उच्च रहन्छ ।

बुधबार हुने फैसलाले अमेरिकामा रहेका नेपालीहरुसहित झण्डै ४ लाख टीपीएसबाहकको अध्यागमन अवस्थामा फरक पार्नसक्नेछ । नेपालको टीपीएस हालको अवस्थामा सन् २०२० को मार्च २४ सम्म कायम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com