कान्छी बन्दै श्वेता


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

अभिनेत्री श्वेता खड्का ‘कान्छी’ बन्ने भएकी छिन् । श्वेताले आफ्नो होम प्रोडक्सनमा ‘कान्छी’ नामक फिल्म निर्माणको तयारी गरेकी छिन् । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता ०७१ को सुपरहिट फिल्म ‘कोहिनुर’पछि पर्दामा देखिएकी छैनन् ।

पति श्रीकृष्णको असामयिक निधनले लामो समय पीडामा रहेकी श्वेता अब भने फिल्म निर्माण र अभिनयमा फर्किंदै छिन् ।

फिल्ममा श्वेता शीर्ष भूमिकामा रहने निर्देशक आकाश अधिकारीले जानकारी दिए । निर्देशक आकाशले कान्छीको सुटिङ जेठ दोस्रो सातादेखि सुरु हुने बताए । ‘अहिले स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको छ ।

केही समयपछि प्रदर्शन मितिसहित कान्छीबारे विस्तृत जानकारी दिन्छौँ,’ उनले भने, ‘ग्रामीण परिवेशको कथामा कान्छी बनाउँदै छाैँ । अहिलेसम्म श्वेताजी र दयाहाङ राई मात्र फाइनल भएका छन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com