चरम यातनापछि अस्पतालमै आत्महत्या गरेकी डा. पायलले आमाबुवालाई लेखेको त्यो अन्तिम चिट्ठी


प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार

पायल तड्वी मुम्बईको बीवाईएल नायर अस्पतालमा जुनियर डाक्टर थिइन् । गाइनोकोलोजीमा एमडी गरिरहेकी थिइन् । आफ्ना तीन वरिष्ठ डाक्टरको उत्पीडन र जातीगत टिप्पणीका कारण तनावमा भएकी उनले २२ मे मा अस्पतालको कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । डाक्टर पायल तड्वीले होस्टेलको कोठामा आत्महत्या गरेकी थिइन् ।

यो मामलाा तीन सिनियर डाक्टरलाई पक्राउ गरेको थियो । घटना भएको दुई महिना बढी बितिसकेको छ । र यतिका समय बितिसकेपछि पनि उनले अन्तिम समयमा लेखेको तीन पानाको चिट्ठी सार्वजनिक भएको छ जुन उनले आमा–बुवालाई लेखेकी छिन् । यसलाई चिट्ठीभन्दा पनि सुसाइड नोट भन्न मिल्छ जसमा डाक्टर तड्वीले आत्महत्याको कारणबारे जानकारी दिएकी छिन् ।

यस्तो छ चिट्ठीः

आफ्नो जीवन समाप्त गरेकोमा आमा–बुवा म तपाईंसँग माफी माग्छु । मलाई थाहा छ, तपाईंहरुको लागि म कति विशेष छु । तपाईंहरुले मेरो लागि कति दुःख गर्नुभएको छ । तर यतिबेला कति कुराहरु असह्य छन् । म उनीहरुसँग एक मिनेट पनि बस्न सक्दिनँ ।

पछिल्लो एक वर्षदेखि मैले उनीहरुलाई सहिरहेको थिएँ, मात्र एउटा आशाले कि एकदिन यी सबै कुरा समाप्त हुनेछ । तर अब मैले मात्र अन्त्य देखिरहेकी छु । वास्तवमा योबाट बाहिर निस्कने कुनै बाटो छैन, मैले यहाँबाट बाहिर निस्कने कुनै बाटो देखिरहेको छैन । म फसेकी छु । दिन बित्दै गए तर यहाँबाट निस्कने कुनै बाटो देखिरहेको छैन । यस्तो किन रु हामीमा यस्तो के छ जसले यस्तो समस्या झेल्नुपरिरहेको छ ।

हरेक कोसिसपछि आज यो निर्णयमा पुगेकी छु । हाम्रो लागि कोही पनि उभिदैनन्, त्यो मैले पाएँ । डिपार्टमेन्टमा यस्ता कोही पनि छैनन् जसले हाम्रो समर्थन गर्छन् । वास्तवमा यो हामी सबैको गल्ती हो । अथवा गल्तीले हामीले यस्तो सोचेको पनि हुनसक्छ । म सधैं स्त्रीरोग विशेषज्ञ बन्न चाहन्थेँ । यो मेरो प्यासन हो । मैले यो कलेजमा कदम राखेँ किनभने राम्रो संस्था हो मज्जाले सिक्न पाइन्छ ठानेँ । तर मानिसहरुले आफ्नो रंग देखाउन सुरु गरे  । सुरुमा मैले र स्नेहलले केही पनि भनेनौं । तर यातना त्यो स्तरसम्म जारी रह्यो जसलाई मैले सहन सकिनँ । मैले उनीहरुविरुद्ध ऊजुरी दिएँ तर यसको कुनै निष्कर्ष निस्किएन । स्थिती त्यस्तै थियो र दिन बितिरहेको थियो । हामीमाथि हरेक दिन यस्तै व्यवहार हुन्थ्यो । बिरामी, स्टाफ सबैको अगाडि ।

मैले आफ्नो व्यवसायिक र व्यक्तिगत जीवन सबै गुमाएको छु किनभने जबसम्म म यो अस्पतालमा छु तबसम्म मलाई केही पनि सिक्न दिइने छैन भनेर घोषणा नै गरे । मलाई पिएमसी वार्डमा पोष्ट गरियो जहाँ मैले एनसी र गायनोका बिरामीबारे केही पनि सिक्न पाउँदिनँ । मलाई पछिल्लो तीन हप्तादेखि लेबर रुम सम्हाल्न प्रतिबन्ध लगाइएको छ किनभने उनीहरु मलाई यसमा कुशल मान्दैनन् । मलाई बिरामीको परीक्षण गर्न अनुमती दिइएको छैन ।

पूरा कोसिस गर्दा पनि स्थितीमा सुधार भइरहेको छैन । म मानसिक रुपमा विक्षिप्त भएको छु । यहाँ काम गर्नका लागि माहौल ठिक छैन । माहौल परिवर्तन हुनेछ, यसको आशा गुमाइसकेकी छु । किनभने मलाई थाहा छ कि यस्तो हुनेछैन । आफ्नै लागि आवाज उठाउनुको केही फाइदा छैन । मेरो र स्नेहलको स्थितिका लागि हेमा अहूजा, भक्ति मेहरा र अंकिता खण्डेलवाललाई जिम्मेवार ठहराउँछु । मैले निकै कोसिस गरेँ । थुप्रै पटक अगाडि आएँ, म्याडमसँग कुरा गरेँ तर केही पनि भएन । मैले साँच्चै केही बाटो देखिनँ । म केवल अन्त्य देख्न सक्छु ।

यो कदम उठाएकोमा म माफी चाहन्छु । आफ्ना साथीबारे धेरै सोचेँ, मलाई थाहा छैन कि स्नेहलले यी तीनजनाको कसरी सामना गर्नेछिन् । उनलाई ती व्यक्तिहरुको अगाडि छोड्न डर लागिरहेको छ ।’ यो मामलामा बम्बे हाइकोर्टमा सुनुवाई चलिरहेको छ ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com