अधिवेशन बिवादको भूमरीमा जनसम्पर्क समिति अमेरिका, नेतै नेताको चाँङ


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

अनिल अधिकारी

लामो समयदेखी अधिवेशन हुन नसक्दा जनसम्पर्क समिति अमेरिका गुट उपगुटले थलिएको छ । समयमा अधिवेशन नहुँदा समुह समुहमा धेरै नेता जन्मिने भएकाले पनि यो संस्था थप संक्रमित भएको छ । अमेरिमामा २८ वटा शाखा बनाएको, बिभिन्न संघ सस्थामा प्रभाव, पकड र दवाब कायम गरिरहेको जनसम्पर्क समिति अमेरिकाले नेतृत्व बलियो नहुँदाको पिडा भोगिरहेको छ ।

धेरै कार्यकर्ता कस्लाई नेता मान्ने अन्यौलमा छन् । माउ पार्टीको केन्द्रिय कार्यलयबाटै दुई दिनमै दुई थरी पत्र आउनु यहाँका कांग्रेस कार्यकर्ताका लागि अर्को बिडम्बना हो । हुनत पुरानो कोइराला पक्ष अर्थात संस्थापन भनिने र शेरबहादुर देउवा पक्षका बीचमा फुट र गुटको राजनीति माउ पार्टीको स्कुलिङ नै हो । यो संस्थामा पार्टीका केन्द्रिय स्तरका धेरै नेताले समेत मिलाउन नसकेको बिवाद कायम छ । अमेरिका आएको बेला घुमाउने, फिराउने र पिलाउने कार्यकर्ता नेताले गुमाउन चाहन्न यसैले पनि यो बिवाद कायम रहेको एक थरी कार्यकर्ताको बिष्लेशण छ ।

दुई बर्षे कार्यकालका लागि २०१४ नोभेम्बर २१ र २२ मा निर्वाचित आनन्द बिष्ट सभापति रहेको कार्यसमितिको कार्यकाल दुई बर्षबाट तिन बर्षका लागि कायम गरियो । अर्थात बिष्ट नेतृत्वको कार्यसमितिले पाँच बर्ष पुरा गरिसक्यो, तर अधिवेशन हुने कुनै टुंगो छैन् । संस्थापन पक्षका मानिने बिष्णु सुवेदीको संयोजकत्वमा भएको अधिवेशनमा तत्कालिन उपसभापति रामचन्द्र पौडेल लगायत केन्द्रिय स्तरका धेरै नेताहरु उपस्थित थिए । यसरी भनौं यो संस्थामा जारी बिवाद र यसको आयु बारेमा उनिहरुपनि जानकार छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०१७ को नोभेम्बरमा सकिनु पर्ने कार्यकाल पाँच बर्ष पुरा हुँदा समेत लम्ब्याउदै बिभिन्न बहाना गर्दै समयमा चुनाव गरेन् भन्ने आरोप सभापति बिष्टलाई लाग्नु स्वभाविकनै हो । यसबीचमा यहाँ धेरै ठाँउमा धेरै प्रकारले खिचडी पकाइयो । माउ पार्टीको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छान्ने क्रममा मुनेन्द्र नेम्वाङ र धन्नजय नरसिंह केसी समुहले अर्को नाम लिष्ट निकाल्यो, त्यो समुहले बिष्टलाई कारवाही गर्ने सम्मका धम्की दियो । यस्तै सुवेदी समुहमा रहेकाहरुले बिष्ट नेतृत्वको कार्यसमितिले गर्ने कार्यक्रम बहिस्कार गर्ने, मिटिडमा नजाने, छुट्टै समुह बनाएर कार्यक्रम गर्ने जस्ता कृयाकलाप जारी राखिनै राख्यो ।

पछिल्लो समय नेपालमा गएको महाभुकम्पको पैसा नेतृत्वमा रहेकाहरुले खाएको भन्ने आरोपले समेत उग्ररुप लियो । केही समय हल्ला गरिएको भएपनि त्यसलाई बिवादकै लागि बिवाद गरेर मथ्थर बनाइयो । न कुनै कारवाहीको प्रकृया चलाइयो नत कुनै छानविनका लागि समितिनै बनाइयो । लेटर हेड बिक्रि गरिने गरेको भन्ने आरोप पनि यस बीचमा यो संस्थाका केही व्यक्तिमा लाग्यो ।

यसैबीचमा बिवादका लागि बिवाद गर्न बिभिन्न समिति बनाउने प्रयास पनि नभएका होइनन् । बिष्ट नेतृत्वले अधिवेशन गर्ने बारेमा कानमा तेल हालेको आरोप लगाउँदै केही नेताले समानान्तर समिति बनाउन प्रयास पनि गरिरहेका छन् । अमेरिकामा यो संस्थाका २८ च्याप्टर छन् । च्याप्टरहरुको अधिवेशन नभएको पनि पाँच बर्ष नाघि सक्यो । पाँच बर्ष धेरै समय हो, उपसभापतिले राजिनामा दिएको उहिल्यै हो, लङआल्याण्ड च्याप्टर सभापति विश्वराज बास्तोलाले भने, दुई बर्ष नै अमेरिकामा धेरै हो, प्रत्येक च्याप्टरको हालत यस्तै छ ।

यो समितिको अर्कम्न्यताका कारण संस्था थला परेको छ, यो भन्दा नालायकी पन अर्को हुन सक्दैन्, संगठन बिभाग प्रमुख बेदप्रसाद खरेल भन्छन्, संस्था यो हालमा पुग्नुको सबै जिम्मा अध्यक्ष लिनुपर्ने हो लिँदैनन्, नैतिकता भन्ने नै भएन् । उनका अनुसार पार्टीको बिधानले अध्यक्ष बिष्ट आमन्त्रित केन्द्रिय सदस्य भईसकेपछी नियुक्त या निर्वाचित भएमा पद छाडनु पर्छ । उनका अनुसार बिष्टले आफुलाई शक्तिमा राखि रहन शाखाको अध्यक्ष पद समेत होल्ड गरेका छन् ।

सभापति आन्नद बिष्टका अनुसार समयमै अधिवेशन गराउनु आफ्नो चाहना भएपनि स्थानिय तहको चुनावमा बिदेशमा रहेका संघ सस्था, भातृसंगठन र नेताहरु समेत सहभागि हुन पार्टीले जारी गरेको उर्दीका कारण नेपाल पुग्नु परेकाले पनि समयमा अधिवेशन हुन नसकेको बताए । उनले आफुले आफ्नो कार्यकाल सकिनै लाग्दा अधिवेशन गर्नका लागि केन्द्रिय कार्यलयमा पुगेर पत्र समेत ल्याएको तर असन्तुष्ट समुहका नेताहरुले फेरी रोक्नका लागि नेताहरुसंग गुहार मागेर अधिवेशन रोकाएको आरोप लगाए । उनले भने मैले अधिवेशन गर्ने तयारी गरेर, सबै च्याप्टरहरुसंग सल्लाह गरेर केन्द्रबाट पत्र ल्याएँ तर यहाँका समुहका नेता नेपाल पुगेर केन्द्रिय स्तरका नेतालाई हार गुहार गरेर अधिवेशन रोक्ने चलखेल गरे, उनले भने, मैले रोकेको हो अधिवेशन भन्दै हिड्ने नेताले अहिले अधिवेशन किन भएन भनेर प्रश्न गर्ने नैतिक अधिकार छैन् ।

सभापति बिष्टले भने माउ पार्टीले हाललाई अधिवेशन सम्वन्धी गतिविधि रोक्नु भन्ने परिपत्र गरेका कारण अधिवेशन रोकिएको छ । मिलाएर लैजाने गरि कार्यनीति बनाउँदैछ, अब जति सक्दो छिटो यो संस्था जिम्मा लगाउने तयारीमा छु । बिदेशमा रहेका शुभेच्छुक संस्थालाई कुन बिभाग अन्र्तगत राख्ने भन्ने बारेमा माउ पार्टी समेत अन्यौलमा छ ।

एक बर्ष पहिले साधारण सभा गरिन्छ, त्यो गरिएन, अर्का नेता पूर्व संयोजक बिष्णु सुवेदी भन्छन्, पार्टीको बिधानलाई समेत नमान्ने कस्तो नेता ? प्रश्न गर्दै उनले भने पार्टीको बिधान अनुसार कुनै पनि पदमा रहेको व्यक्ति माथिल्लो पदमा नियुक्त या निर्वाचित हुन्छ भने त्यो व्यक्तिले तत्कालिन पद स्वत छाड्नुपर्छ । मिति सकिएको सिटामोलको कुनै अर्थ छैन्, यदी नैतिकता छ भने तुरुन्त अधिवेशनको तयारी थाल्नुपर्छ । तत्कालिन समयमा केन्द्रबाट परिपत्र ल्याउनुको कारण अब तिमि पद छाडेर अधिवेशनको तयारी गर भन्ने थियो तर पार्टी सभापतिले टेरेनन् । उनले भने यो समिति मिति सकिएको सिटामोल हो, यसको अर्थ र औचित्य छ्रैन् ।

महासचिव मुनेन्द्र नेम्वाङ भन्छन्, तत्कालिन हिसाव स्थानिय निकायको निर्वाचनमा नेपाल गएर पार्टीलाई सहयोग गर्ने भन्ने परिपत्र थियो, जसका कारण अधिवेशन रोकियो अहिले मिलाउन सक्ने भनेको माउ पार्टी नै हो । यही निर्वाचन समितिलाई पार्टीले अधिवेशन गराउने निर्देशन दिएमा समिति तयार छ, उनि भन्छन्, अहिलेको कार्यसमितिको माग हामीले नै अधिवेशन गर्न पाउनु पर्छ भन्ने छ । उनका अुनसार यो समितिको औचित्य सकियो भन्ने असन्तुष्ट पक्षको कुरामा दम छैन् ।

संगठन भित्र बलियो पकड भएका अर्का नेता हरिबोल भण्डारीका अनुसार पार्टी भित्रका नेता आफैमा सुध्रिनु पर्छ, गत्ली सबैबाट भएको छ, आत्मालोचना गर्नुपर्ने छ अनि अधिवेशनका लागि जुट्नु पर्दछ । उनि भन्छन्, हाम्रा गतिविधिले पार्टीलाई बलियो होइन कम्जोर बनाई रहेको छ । कोही पनि अछुतो छैन्, अब बिरोधका लागि बिरोध हुँदैन्, व्यक्ति महत्वपूर्ण कुरा होइन संगठन महत्वपूर्ण कुरा हो ।

पार्टीको समेत बचाउन गर्दै भण्डारीले भने जब कांग्रेस जाग्छ तब मात्रै देशमा परिर्वतन भएको छ, अहिले देशमा कांग्रेस हारेको अवस्था छ, अहिले कांग्रेस आफैमा गुट उपगुट छ, त्यो गुटको अन्त्य होस भन्ने मनशायले जागर अभियान शुरु भएको छ । उनी भन्छन्, हामी प्रवासमा रहेका कांग्रेसहरु मिलेर जानुनै पार्टीको अभिायनमा साथ दिनु हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com