डिभी लोटरी कार्यक्रम अन्त्य गर्ने विधयेक सदनमा


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

-पुरुषोत्तम ढकाल

राष्ट्रपति डोनाल्ड ट्रंपको इच्छा अनुरुप दुईजना रिपब्लिकन सिनेटरहरुले ग्रीन कार्ड कटौति गर्ने र डिभी लोटरीको अन्त्य गर्ने विधेयक सिनेटमा प्रस्तुत गरेका छन् ।

यसलाई अमेरिकामा स्थाई बसोबासको आधार ग्रीन कार्ड प्राप्त गर्न थप बन्देज लगाउने अध्यागमन कानुन ल्याउने ट्रंप प्रशासनको नयाँ रणनीतिका रुपमा व्याख्या गरिएको छ ।

रिपब्लिकन सिनेटरहरु टम कटन र डेबिड पर्डूले मंगलबार सिनेटमा प्रस्तुत गरेको विधेयक अनुसार प्रत्यक बर्ष जारी गरिने स्थाई बसोबासको आधार ग्रीन कार्डको संख्या १० लाखबाट घटाएर ५ लाख कायम गर्न प्रस्ताव गरिएको छ ।

यो प्रस्तावित विधेयकलाई ट्रंप प्रशासनको समर्थन रहेको अनुमान गरिएको छ । प्रस्तावित विधेयक पास भएमा अमेरिकी ग्रिनकार्ड होल्डरहरुले परिवार र आफन्तका लागि गर्ने स्पोन्सर भिसामा कटौती, डिभस् लोटरीको अन्त्य, शरणार्थीका लागि बार्षिक ५० हजारको कोटा निर्धारण गर्नेछ ।

प्रस्तावित विधेयकले डाइभर्सिटी लोटरी भिषा अन्तर्गत प्रत्यक बर्ष संसार भरिका ५० हजार नागरिकले विधिवत अमेरिकाको स्थाई बसोबास पाउँदै आएकाहरुलाई समेत लक्षित गरेकाले यसबाट नेपालीहरु पनि प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालबाट डिभी लोटरीमार्फत उल्लेख्य संख्यामा नेपालीहरु अमेरिकामा आउने गरेका छन् ।

सिनेटरहरुले राष्ट्रपति ट्रम्पसँगै सल्लाह गरेर यो विधयेक प्रस्तुत गरेको बताएका छन् । उनीहरुले यसबारेमा ट्रम्पसँग फोनवार्ता गरेका थिए । विधयेक सदनमा प्रस्तुत भएपनि पारित हुन भने केहीसमय लाग्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com