आजदेखि अमेरिकाले नेपाली विद्यार्थीलाई भिसा जारी शुल्क नलिने


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

आजदेखि अमेरिकाले नेपाली विद्यार्थीहरुलाई भिसा जारी गर्नका लागि लाग्ने शुल्क नलिने भएको छ । नेपाली विद्यार्थीहरुले भिसा पाउनका लागि २ सय अमेरिकी डलर भिसा जारी शुल्क तिर्दै आएका थिए ।

तर आवेदन शुल्क र सेभिस शुल्क भने तिर्नुपर्नेछ । यसअगाडि नेपाली विद्यार्थीहरुले अमेरिकी भिसा प्राप्त गर्नका लागि १६० डलर आवेदन शुल्क र ३५० डलर सेभिस शुल्कको अतिरिक्त २ सय डलर भिसा जारी शुल्क समेत तिर्नुपर्ने प्रावधान छ ।

अमेरिकी सरकारले जुन २४ देखि लागु हुने गरी अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुका लागि सेभिस शुल्क बृद्ध गरेको छ । यस अगाडि सेभिस शुल्क २ सय डलर रहेकोमा १ सय ५० डलर बृद्धि गरिएको हो ।

यद्यपी भिसा जारी शुल्क छुट नभएको भए नेपाली विद्यार्थीहरुले ७ सय १० डलर बुझाउनुपर्ने थियो तर अब भने ५ सय १० डलर शुल्क तिरे पुग्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com