प्रहरी र ‘विप्लव’ समूहबीच संखुवासभामा गोली हानाहान


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

संखुवासभाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ ।  सोही  क्रममा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएकाे हाे ।

फायरिङका क्रममा कुनै पनि पक्षकाे क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ।

सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि प्रहरी टोली गएको र फिल्डमा जाँदा सांकेतिक फायरिङ भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जनाएका छन् । विप्लव कार्यकर्ताले प्रहरीतर्फ फायर गर्दै जंगलतिर भागेको र त्यसपछि प्रहरीले पनि गोली चलाएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com