जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक करोड बिरुवा मागेका छन् । प्रदेश २ का जिल्लाहरूमा वृक्षरोपण गर्न भन्दै उनले प्रधानमन्त्रीसँग निमका एक करोड बिरुवा मागेको जानकारी वन तथा वातावरण मन्त्रालय स्रोतले दिएको छ ।
‘राउतले बिरुवा माग गरेको जानकारी प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ,’ स्रोतले भन्यो, ‘के कति बिरुवा व्यवस्थापन गर्न सकिन्छ, खोजिदिनुस् भनेर हामीलाई आग्रह गरिएको छ ।’
राउतको मागअनुसारको परिमाणमा बिरुवा उपलब्ध गराउन भने नसकिने मन्त्रालय र वन तथा भूसंरक्षण विभागले जनाएको छ । सरकारले आगामी आवमा देशभर अभियानमार्फत ५ करोड बिरुवा रोप्ने घोषणा गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत आव २०७६र७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।