कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् । यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ ।
चालु आथिएक वर्षमा छुट्याएको ५ करोड रकम खर्च गर्न नसकेपछि आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रकम विनियोजन गरिएको छ । जनता सडकका लागि छुट्याएको रकम नबढाए सदन अघि बढ्न नदिने सांसदले चेतावनी दिएका छन् ।
विषयगत मन्त्रालयमा धेरै बजेट विनियोजन गरेको तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने सांसदलाई भूमिकाविहिन बनाउन लागेको आरोप लगाएका छन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द देवकोटाले लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।