एसाइलममा युएससीआईएसको अन्तरवार्ता उत्तिर्ण नगरे जेल !


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

अब अमेरिकामा एसाइलम गर्नेहरुलाई पहिलेजस्तो सहज नहुने कानुनविदहरुको विश्लेषण रहेको छ । विभिन्न भिसामा अमेरिकामा आउनेहरुले एसाइलम फाइल गरिसकेपछि युएससीआईएसको अन्तरवार्तापछि आवेदन अस्वीकृत भएमा इमिग्रेशन अदालतमा मुद्दा लड्दै काम गर्न पाइने व्यवस्था रहेपनि अव त्यस्तो अवस्था नहरनेबारे चिन्ता बढेको छ ।

अब युएससीआईएसको अन्तरवार्ता उत्तिर्ण नहुनेहरुलाई जेलमा राखेर अध्यागमन अदालतको फैसला कुर्ने नीति निर्माणको तयारी भइरहेको न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाईले बताउनुभयो । उहाँ भन्नुहुन्छ -‘अब युएससीआईएसको अन्तरवार्ता उत्तिर्ण नहुनेहरुलाई जेलमा राखेर अध्यागमन अदालतको फैसला कुर्ने अवस्था आउनसक्छ ।’

धेरै एसाइलमका केसहरु नक्कली हुँदै गएपछि ट्रम्प प्रशासनले यस्तो नीति अपनाउने तयारी गरेको सेडाईले बताउनुभयो । ८० प्रतिशतभन्दा धेरै एसाइलमका केसहरु नक्कली हुने गरेको ट्रम्प प्रशासनको ठहर रहेको सेडाई बताउनुहुन्छ ।

सिमा क्षेत्रमा पक्राउ परेकाहरुलाई पनि पहिलेजस्तो जमानतमा वा धरौटीमा रिहा नगरी या त इमिग्रेशन अदालतको फैसलासम्म जेलमा राख्ने या त सिमा पार गर्ने क्रममा पक्राउ गरी मेक्सिकोतिरै फर्काइदिने अवस्था आउने सेडाईले जानकारी दिनुभयो । उहाँले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो -‘गैरकानुनी सिमा पार गर्ने क्रममा समातिनेहरुको केस लिने तर व्यक्तिलाई मेक्सिकोतिरै फकाउने सम्भावना छ । तर मेक्सिकोले पनि भिसा नभएका व्यक्तिलाई नराख्ने भएकाले देशनिकाला गर्ने वा जुनदेशबाट छिरेको हो त्यतै फिर्ता पठाउनसक्ने सम्भावना रहन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच न्युयोर्कका अर्का चर्चित कानुन व्यवसायी बासु फुलाराले पनि खसोखाससँग कुराकानी गर्दै अब मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरुलाई पहिलेजस्तो पक्राउ गरेर छाड्ने अवस्था नरहने बताउनुभएको छ । केस एकदमै बलियो भएको सन्दर्भमामात्र उनीहरुको प्रकृया अगाडि बढ्ने अन्यथा देशनिकाला गरिने अवस्था आउने फूलाराले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com