आइतबार बेलुकासम्म युएससीआईएसको अनलाइन सेवामा समस्या, केसको स्टाटस चेक गर्न नसकिने


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

शुक्रबार बेलुका ९ बजेदेखि शनिबार विहान २ बजेसम्म युएससीआईएसले दिने ९ वटा अनलाइन सेवाहरु प्रभावित हुने भएको छ । त्यस्तै आइतबार विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म पनि युएससीआईएसका अनलाइन सेवाहरु प्रभावित हुने भएका छन् ।

यो अवधिमा अनलाइनमा आफ्नो केसको स्टाटस चेक गर्न, इ रिक्वेष्ट गर्न, अनलाइनमार्फत ठेगाना परिवर्तन गर्न, आफ्नो आवेदनमा लाग्ने समय चेक गर्न, अनलाइनमार्फत फाइल गर्न र युएससीआईएसको अनलाइन एकाउन्टमा जानमा प्राविधिक कठिनायी हुनसक्ने युएससीआईएसले जनाएको छ । प्रणालीमा ब्यापक मर्मत गर्नुपर्ने भएकाले अनलाइन सेवा प्रभावित हुने भएको युएससीआईएसको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राय सप्ताहन्तको बेलामा युएससीआईएसले अनलाइन प्रणालीमा मर्मत गर्दै आएको छ । यो अवधिमा सेवाग्राहीहरुले अनलाइनमार्फत लिने कैयन सुविधा प्रभावित हुने भएको छ । सोमबारदेखि भने साविक रुपमा नै सबै अनलाइन सेवाहरु संचालनमा आउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com