कामदार भिसाको दर्ता प्रणाली डिभी लोटरी जस्तै, खुल्नुभन्दा ३० दिन अगाडि सुचना


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

अमेरिकाको कामदार भिसा एचवानबीका लागि अब दर्ता प्रणाली डिभी लोटरीजस्तै विद्युतीय र निशुल्क तरिकाबाट गराउन सरकार पूर्ण तयारीका साथ अगाडि बढिरहेको छ । बार्षिक ५० हजारको कोटा रहने उक्त कामदार भिसाका लागि अबदेखि रोजगारदाताले प्रारम्भिक आवेदनको साटो निशुल्क विद्युतीय रुपमा दर्ता गराउनुपर्नेछ ।

दर्ताको मिति सुरु हुनुभन्दा कम्तीमा ३० दिन अगाडि यसबारे सुचित गरिने युएससीआईएसले जनाएको छ । विद्युतीय प्रणालीबाट गरिएका दर्तालाई युएससीआईएसले चिठ्ठाको माध्यमबाट छनौट गरेपछि हरेक आवेदनबारे प्रकृया अगाडि बढाउन सकिनेछ ।

युएससीआईएसले बिहिबार फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्दै कामदार भिसाको दर्ता योजनालाई अन्तिम रुप दिने प्रयास गरेको छ । जसका लागि अगस्त २६ सम्म लागु हुनेगरी ६० दिनको कमेन्ट अवधि राखिएको छ ।

यो बर्षदेखि कामदार भिसामा अमेरिकी सरकारले ब्यापक परिवर्तन ल्याएको छ तर विद्युतीय रुपमा डिभी लोटरीसरह दर्ता गराउने प्रणाली भने यो बर्षदेखि लागु गराउन सकेको थिएन ।

गत जनवरीमा अमेरिकी सरकारले कामदारभिसा एचवानबीमा ब्यापक परिवर्तन गरेको थियो । जस अनुशार अमेरिकी डिग्री होल्डरलाई अमेरिकी डिग्री होल्डरबाहेकको कोटामा पनि समावेश हुने अवशर दिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com