ग्रिनकार्डबाहकका अमेरिकामा हुने जोसुकै दम्पत्ति र छोराछोरीले जुलाईमा ग्रिनकार्ड फाइल गर्न सक्ने (अपडेट)


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

ग्रिनकार्डबाहकका अमेरिकामा हुने जोसुकै दम्पत्ति र छोराछोरीका लागि जुलाईमा ग्रिनकार्ड आवेदन दिन सकिने युएससीआईएसले स्पष्ट पारेको छ । यसअगाडि मार्च ८ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन दिनसकिने बताइएपनि बुधबार युएससीआईएसले त्यसमा अपडेट गर्दै जोसुकैले आवेदन दिनसक्ने स्पष्ट पारेको हो ।

यसअगाडि कुनै पनि मितिमा दम्पत्ति र छोराछोरीका लागि आई १३० आवेदन दिएका ग्रिनकार्डवाहकले पनि जुलाईमा उनीहरुका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । त्यस्तै जुलाईमा नयाँ आई १३० आवेदन दिन चाहने ग्रिनकार्डवाहकले पनि दम्पत्ति वा छोराछारीका लागि एकसाथ आई ४८५ फाइल गर्न सक्नेछन् ।

तर त्यसका लागि ग्रिनकार्डवाहकका छोराछोरी वा दम्पत्ति अमेरिकामा नै कानुनी स्टाटसमा रहेको हुनुपर्छ । यदि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी अमेरिकामा नै छन् तर उनीहरुको विगतमा वा अहिले गैरकानुनी उपस्थीति रहेको छ भने उनीहरुले स्वदेश फर्केर कन्सुलर प्रकृयामार्फत ग्रिनकार्ड प्राप्त गर्नसक्नेछन् ।

अमेरिकाबाहिर दम्पत्ति वा छोराछोरी हुनेहरुमा सन्दर्भमा भने आई १३० स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेकाहरुले जुलाईमा सम्बन्धित देशको दूतावासमा भिसाका लागि अन्तरवार्ताको मिति प्राप्त गर्न सक्नेछन् । तर अमेरिकाबाहिर दम्पत्ति वा छोराछोरी भएका र उनीहरुको आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुको सन्दर्भमा भने जुलाईमा भिसा करेन्ट हुनुको कुनै अर्थ हुनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com